विचार/ब्लग

प्रधानमन्त्री ओलीले यसो गरे भने २० बर्ष अझै एमालेलाई सत्तामा राखिरहन्छन्

रजिना माझी/काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री बनेपछि मुलुकमा एकाएक थप जनताको समर्थन पाउन थालेका छन् । नाकाबन्दीका बेला भारतको बिरुद्धमा बोलेर जनताको मनमष्तिष्कमा बस्न शुरु गरेको प्रधानमन्त्री ओलीले पछिल्ले समय सिन्डकेट अन्त्य गरेको हिशाबबाट जनताको मनमा बस्न थालेका छन् ।

रजिना माझी

यातायात ब्यबशायी संघले चाहँदा बस दर्ता गर्न पाउने र उनीहरुले नचाहंदा कुनै ब्यवशायीले चलाउन नपाउने नियम यातायात ब्यबस्था कार्यालय मार्फत उनले हटाएपछि प्रधानमन्त्री ओली पछिल्लो समयमा जनताको मनमा बस्न  थालेका छन् ।

प्रधानमन्त्री ओलीले बिहीबारमात्र नेकपा एमालेको तर्फबाट प्रदेशसभा सांसदमा बिजयी भएका डन दिपक मनाङ्गेलाई प्रहरीले पक्राउ गरि कारबाही गर्दा समेत प्रहरीलाई सहयोग गरिरहेका छन् । आफ्नै पार्टीका माहासचिब ईश्वर पोख्रेल र नेता प्रदीप कुमार ज्ञवाली अथीमनत्रीका लागि दाबी गरिहदा पनि अर्थबिदका रुपमा चिनिएका युवराज खतिवडालाई अर्थमन्त्री बनाएर उनले जनमानसमा नाम कमाएका थिए । प्रधानमन्त्री ओली माओबादी केन्द्रसंग पार्टी एकीकरणको अन्तिम चरणमा छन् । उनको अन्तिम कार्यशैली मुलुकलाई गतीदिन जुनसुकै अस्त्र प्रयोग गर्न समेत पछि नपर्ने भन्ने देखिन्छ ।

०६२/६३ सालको आन्दोलनपछि माओबादीबिरुद्धमा खरो रुपमा प्रश्तुत हुने ओली ०७४ सालमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गराएको स्थानीय, प्रदेशसभा र प्रतिनिधि सभा निर्बाचनपछि माओबादीसंग नै एक भएर प्रधानमन्त्री बनेका छन् ।

उनले प्रधानमन्त्री बनेपछि जनतालाई मुगुको रारा तालको छेउमा गएर आफूहरुलाई मतदान गर्ने नेपाली जनतालाई निराश हुन नदिने कसम खाएका छन् । निर्बाचनपछि शक्तीशाली बनेका ओलीले अहिले कसम खानुपर्ने समय नभएपनि उनले जनतासंग निर्बाचनपछि समेत कसम खानु उनलाई मुलुकको लागि केही गर्ने इच्छाशक्ती भएका कारण नै हुन सक्छ । सन्तान नभएका प्रधानमन्त्री ओलीले भारत भ्रमण गरिसकेका छन् भने चीन भ्रमणको तयारी समेत गरिरहेका होलान् ।

देशमा प्रधानमन्त्री आईरहन्छन्, गाईरहन्छन् त्यो ठूलो कुरा देखिन छाडेको छ, मात्र प्रधानमन्त्रीले मुलुक र जनताकालागि कस्तो महत्वपूर्ण काम गर्यो त्यो महत्वपूर्ण कुरा हो ।

प्रधानमन्त्रीले कर्मचारी सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले खटाएको ठाँउमा कर्मचारीले जानुपर्छ भन्ने चलाएको अभियानलाई समर्थन गरेका छन् । त्यो समेत प्रधानमन्त्रीको राम्रो पक्ष हो । गृहमन्त्री रामबहादुर थापाले मुलुकमा चन्दा अशुली, गुण्डागर्दी, बम पड्काउनेका बिरुद्ध चलाएको अभियानलाई समेत समर्थन गरेका छन् ।

अर्थमन्त्रीले मुलुकमा आर्थिक संकट लागेको कुरालाई प्रधानमन्त्रीले प्रतिकृया गरेको देखिएन । तैपनि प्रधानमनत्ती ओलीका बिश्वासपात्र अर्थमन्त्री युवराज खतिवडा भएकाले त्यसलाई उनीसंग सल्लाहा भएर नै भएको रुपमा लिनुपर्छ ।

पछिल्लो समय प्रधानमनत्री ओलीको निवासमा चाकडी चाप्लुसी गर्ने नेता कार्यकर्ताहरुको भीड लाग्न थालेको समाचार आउन थालेको छ, त्यसलाई उनले राम्रारी बुझेर उनले हिंड्न खोजेको बाटो हिँडे पक्कापनि प्रधानमन्त्री केपी शर्मा ओली देशको एतिहाशिक प्रधानमन्त्रीको रुपमा नाम लेखाउन सक्नेछन् ।

प्रधानमनत्तीका अन्य चुनौतीहरुमा माओबादीसंगको मिलनपछि पार्टीलाई एकबद्धता बनाएर हाँक्ने र प्रमुखप्रतिपक्षी दल नेपाली काँग्रेसलाई विश्वासमा लिएर हिँडे पनि छन् ।

ओलीले यदि यावत कुराहरुलाई मिलाएर लाने हो भने मनमोहन आधिकारी र मदन भण्डारीको साखले अहिलेसम्म जनतामा लोकप्रीय रहिरहेको नेकपा एमालेले अझै कम्तीम २० बर्षसम्मको लागि जनमानसमा ओलीको नामले सत्ता चलाउने कन्फर्म छ । चाहे प्रधानमन्त्री ओली सत्तामा हुन वा नहुंन्, उनी रहन् वा नरहुन् । एमालेभने शक्तीशाली पार्टीको रुपमा राख्न सफल हुन्छन् ।

यसरी प्रधानमन्त्री ओली चाहे युवजराज खतिवडालाई अर्थमन्त्री बनाउने मुद्धामा होस, चाहे दिपक मनाङ्गेको मुद्धामा होस पार्टीभन्दा माथी उठी मुलुक र जनताका पक्षमा हिंडिरहे उनलाई तीन करोड जनताले सम्झिरहने कुरामा दुईमत देखिदैन ।