अन्तर्राष्ट्रिय

लिवियाका प्रभावशाली सैन्य कमाण्डरको हत्या प्रयास

त्रिपोली, लिविया । लिवियाको उत्तरीक्षेत्र हेर्ने सैन्य शिविरका प्रमुख तथा पूर्वी सैन्य कमाण्डर जनरल अब्दाराजाक नाथुरीको बुधबार हत्या प्रयास भएको सैनिक कार्यालयले जनाएको छ ।

बेङ्घाजी शहरमा गस्तीमा हिडिरहेका समय उनीमाथि कारबम हमला गरी हत्याको प्रयास गरिएको सेनाले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।

आक्रमणबाट उनको सुरक्षार्थ खटिएका केही सैनिक सामान्य घाइते भएको बताइएको छ । उहाँमाथि गरिएको उक्त आक्रमण प्रयास भने विफल भएको छ ।