पु.समाचार

रक्षा सचिव लम्सालद्वारा नेपाली सेना जङ्गी अड्डाको निरीक्षण 

काठमाण्डौ । बुधबार रक्षा मन्त्रालयका नवनियुक्त सचिव विष्णुप्रसाद लम्सालले जंगी अड्डाको निरीक्षण भ्रमण गरेका छन् । उनलाई नेपाली सेनाका बलाध्यक्ष रथी श्री हेमन्त राज कुँवरले जंगी अड्डामा स्वागत गरेका थिए ।

रक्षा सचिव लम्साललाई वर्तमान बस्तुस्थिति, नेपाली सेनाको संगठनात्मक संरचना, जिम्मेवारी, अपरेशनल गतिविधि, कल्याणकारी कार्य लगायत नेपाली सेना सम्बन्धी अन्य विविध विषयमा सम्बन्धीत विभागका रथीबृन्द तथा अधिकृतहरुबाट प्रस्तुतिकरण भएको थियोे ।