आर्थिक

ज्योति विकास बैंकको नयाँ शाखा कालिमाटीमा

कठमाण्डौ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको प्रमुख अथित्यता तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काद्वारा संयुक्त रुपमा ज्योति विकास बैंकको कालिमाटी शाखा कार्यालय उद्घाटन गरेका छन्

बैंकको निकट भविष्यमा नै १० वटा नयाँ शाखा संचालनमा ल्याउने लक्ष्य रहेको अध्यक्ष खड्काले कार्यक्रममा बताएका छन् । बैंक संचालनमा आएको दशौं वर्षमा बैंकको विश्वसनीय छवि बजारमा स्थापित गर्न सफल भएकोे दाबी उनको छ ।

डेपुटी गभर्नर खड्काले बैकको उत्तरोत्तर प्रगतीको कामना दिदै बैंकिङ क्षेत्रले मुलुक बिकासमा महत्वपूर्ण योगदान गरेको बताएका थिए ।
आफ्ना ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राखि बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवाका साथै C-ASBA तथा ABBS सेवा समेत उपलब्ध गराएको छ । हालै बैंकले आफ्नो रेमिट सेवा ज्योति रेमिट पनि संचालनमा ल्याएको छ । हाल बैंकले ५० वटा शाखा एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ ।

हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट रु. १५ अर्व ६ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १३ अर्व ८५ करोड ऋण लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ ।