समाचार

चट्याङ लागेर २२ जनाको मृत्यु

किगाली, रुवाण्डा । रुवाण्डाको किगाली भन्ने स्थानमा चट्याङ लागेर दुई दिनयता कम्तीमा पनि २२ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।

दक्षिणी रुवाण्डामा भएको सो घटनामा परी अरु दर्जनौँ व्यक्ति घाइते भएका पनि यहाँका गृह प्रशासनसम्बन्धी अधिकारीले शनिबार जानकारी दिएका छन् ।

सोमबार बिहान ११ बजेतिर ४५ जनालाई आकास चम्किएको विद्युतले हानेको थियो, त्यसलगत्तै भूईँमा लडेका उनीहरुको घटनास्थलमै निधन भएको छ– एकजना स्थानीय नागरिकले सञ्चारकर्मीलाई जानकारी दिएका छन् ।

सो स्थानमा गत वर्ष पनि यसरी चट्याङ लागेर केही मानिसको ज्यान गएको थियो ।