पर्यटन/संस्कृति

अक्षय तृतीयामा डोलेश्वर मन्दिरको चारै ढोका खुल्ला

भक्तपुर । अक्षय तृतीयाका दिन आज बिहानैदेखि मेला भर्न भक्तपुरको सिपाडोलमास्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको भीड लागेको छ ।

महाशिवरात्री, डोलेश्वरको वार्षिकोत्सवका दिन भदौ ६ गते र अक्षय तृतीयाका दिन गरी वर्षमा तीन दिन मात्र भक्तजनका लागि चारै ढोका खुल्ला गरिने यस मन्दिरमा आज भने भित्रै पसेर आफैले पूजा गर्न पाउने व्यवस्था गरिएको छ ।

अक्षय तृतीयाका दिन आज बिहानैदेखि भक्तजनका लागि मन्दिरका चारै ढोका खुल्ला गरिएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले जनाएको हो । मन्दिर परिसरमा आज जौको सातु र सर्वतलगायत फलफूल पनि भक्तजनलाई वितरण गरिएको थियो ।