समाचार

घडियाल संरक्षणकालागि काब्य उत्सव

नवलपरासी । सन् १९७० देखि नै दुर्लभ मानिएको अति संकटापन्न जीव घडियाल गोहीको संरक्षणका लागि नेपालमै पहिलोपटक पूर्वी नवलपरासीको रजहरमा घडियाल काब्य उत्सव गर्न लागिएको छ ।

प्रकृतिसँग साहित्य घडियाल काब्य उत्सव आगामी वैशाख ७ र ८ गते गर्ने तयारी अन्तिम चरणमा पुगेको आयोजक ह्याप्पी एफएम, नवलपरासीले जनाएको छ ।

अति संकटापन्न जीव घडियाल गोहीको साहित्यमार्फत संरक्षणका लागि ‘प्रकृतिसँग साहित्य’ भन्ने मूल नारासहित घडियाल काब्य उत्सवको आयोजना गरिएको ह्याप्पी एफएमका प्रबन्ध निर्देशक दीपेश कडरियाले बताए ।

नवलपुरको पर्यटन सम्भावनालाई उजागर गरी आन्तरिक र बाह्य पर्यटकको आँखामा साहित्यमार्फत घडियाल गोहीको प्रचारप्रसार गरी संरक्षणमा निरन्तरता दिने काब्य उत्सवको लक्ष्य रहेको छ ।

नेपाली साहित्यको श्रीवृद्धि र सम्वद्र्धनमा टेवा पु¥याउने, ओझेलमा परेका साहित्यकारलाई एउटै थलोमा जोड्ने वातावरण बनाउनु र नयाँ पुस्तालाई साहित्यको क्षेत्रमा थप अगाडि ल्याउने वातावरणको सिर्जना गर्ने कार्यक्रमको लक्ष्य रहेको छ ।