आर्थिक

एनआइसी एशिया बैँक स्टक एक्सचेञ्जमा सूचीकृत

कठमाण्डौ । एनआइसी एशिया बैँकले जारी गरेको ‘९ प्रतिशत एन आई सी एशिया ऋणपत्र २०८१८२’ नेपाल स्टक एक्सचेञ्जमा नेपाल स्टक एक्सचेञ्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद र बंैकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेद्वारा सोमबार सम्झौतामा हस्ताक्षर गरी सूचीकृत गरिएको छ । उक्त ऋणपत्र सूचीकृत भएसँगै बोण्डधनीहरुले ‘९ प्रतिशत एन आई सी एशिया ऋणपत्र २०८१/८२’धितोपत्र बजारमा कारोवार गर्न सक्ने भएका छन् ।

बंैकले जारी गरेको उक्त ऋणपत्र देशको हालसम्मकै ठूलो रकमको भएको, जसका लागि तोकिएको समयावधिभित्र शतप्रतिशत आवेदन परी बाँडफाँड भएको थियो । बैंकले जारी गरेको यस ऋणपत्रको लागी शतप्रतिशत आवेदन परी सफलतापुर्वक बाँडफाँड हुनुले सम्पूर्ण सर्वसाधारण तथा संस्थागत लगानीकर्ताहरुको यस बैँक प्रति भरोसा एवं विश्वसनीयता प्राप्त भएको बैंकले लिएको छ ।

उक्त ऋणपत्रलाई इक्रा नेपालद्वारा “LA–” क्रेडिट रेटिङ्ग प्रदान गरेको छ । उक्त क्रेडिट रेटिङ्गले तोकिएको समयमा वित्तीय दायित्व पूरा गर्ने सक्ने बैंकको क्षमता तथा कर्जा जोखिम औसत कम रहेको जनाउँछ ।

यस ऋणपत्र बिक्री प्रक्रियालाई सफल बनाउन अतुलनीय योगदान पु¥याउनुहुने सम्पूर्ण नियमक निकायहरु, बिक्री प्रबन्धक तथा लगानीकर्ताहरु प्रति बैँक कृतज्ञ रहेको तथा यहाहरुले पु¥याउनुभएको सद्भावका लागि बैंक हार्दिक आभार प्रकट गर्दछ,   सहायक प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेद्वारा प्रकाशित विज्ञप्तीमा उल्लेख छ ।