अन्तर्राष्ट्रिय

साउथ केरोलिनाको वन्दीगृहमा भडप हुँदा कारण सात कैदीको मृत्यु, १७ घाइते

वासिङ्टन, संयुक्त राज्य अमेरिका । संयुक्त राज्य अमेरिकाको साउथ केरोलिना राज्यस्थित एक कैदी गृहमा कैदीहरूबीच भएको झडपमा कम्तिमा सात जनाको मृत्यु भएको साउथ केरोलिनाको कैदी सुधार विभागले सोमबार जनाएको छ ।

उक्त झडपमा परी कम्तिमा १७ जना घाइते भएका बताइएको छ ।

मजबुत सुरक्षास्थिति रहेको मानिने विशपभिल ली करेक्सनल इन्स्टिच्युसनमा (लीसीआई) आइतबार राति २ बजेर ५५ मिनेटको समयमा झडप भएको विभागले पुष्टि गरेको छ । विभागले झगडा शान्त बनिसकेको पनि जनाएको छ ।

“लीसीआईमा भएको झडपमा सात जनाको मृत्यु भएको छ भने घाइते १७ जनालाई कारागार बाहिर लगी उपचार गरिराखिएको छ,” विभागले आफ्नो ट्वीटर पेजमा उल्लेख गरेको छ । विवाद के कारण भएको भन्ने विषयमा विस्तृत विवरण आइसकेको छैन ।