आर्थिक

सिटिजन्सद्वारा श्रीजन उदय माध्यमिक विद्यालयलाई आर्थिक सहयोग

काठमाण्डौ । “योर पार्टनर फरप्रोग्रेस“ भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपालीजनताको घरदैलोमा बैंकिंग सेवापुर्याउँदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनलले श्रीजन उदय माध्यमिक विद्यालयलाई रू १,००,००० को आर्थिक सहयोग उपलब्ध गराएको छ । हरेकवर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागिकार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ ।
यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो बार्षिक कार्यतालिकाअनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको छ । बैंकले आफ्नो एघाराँै बार्षिक उत्सवको उपलक्ष्यमा यस विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
एक कार्यक्रम बिच बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले रू एकलाखको चेक विद्यालय व्यव्स्थापन समितिका अध्यक्ष शिवगोपाल थापा मगर लाई हस्तान्तरण गरे । कार्यक्रमलाई सँबोेधनगर्ने क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले समाजमा राम्रा र नराम्रादुवै प्रकृतिका मानिसहरु हुन्छन तर एक शिक्षित मानिसको जिम्मेवारी भनेको समाजमा रहेका खराब मानिसलाई आफ्नो समिपमा राखेर असलमानिसमा परिणत गर्नु हो भन्ने सारगर्भित विचार व्यक्त गरे । मानिसमा उद्यमशिलताको विकाश हुनु नितान्त आवस्यक रहेको कुरालाई जोड दिए । एक प्रसङ्गमा बोल्दै प्रमुखकार्यकारी अधिकृत भण्डारीले सामुदायिक विद्यालयहरु आर्थिक रूपले आत्मनिर्भर भएमात्र गुणस्तरीय शिक्षाप्रदानगर्ने सक्ने कुरामाजिकिर गर्नु भयो र गुणस्तरीय शिक्षाको अभावकै कारण हाम्रो मुलुकले द्रन्द खेप्नु परेको कुरा व्यक्त गरे ।
उक्तकार्यक्रममा उपस्थित बालबालिकाहरुले बैंकले गरेको यस्तो सहयोगले उनीहरुको अन्धकारमय जीवनमा सिटिजन्स बैंक प्रगति र उन्नतिको प्रकाश बनेर आएको कुरा व्यक्तगर्दै खुशियाली जाहेर गरेका थिए । अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालनगर्ने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले जानकारी गराएका छन् ।