अन्तर्राष्ट्रिय

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्द्वारा निन्दा

संयुक्त राष्ट्रसंघ । शान्ति कायम गर्ने मिसनमा माली पुगेका शान्ति सेनामाथिका आक्रमण गरिएको घटनाको संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले आइतबार निन्दा गरेको छ ।

मालीमा भएको यस आक्रमणमा परी एक शान्ति सेनाको मृत्यु भएको छ भने अन्य कैयौँ घाइते भएका छन् ।

मालीको उत्तरी सहर तिम्बुक्टुमा भएको यस आक्रमणमा परी बुर्किना फासोका एक शान्तिसेनाको मृत्यु हुनुको साथै अन्य एक दर्जनभन्दा बढी घाइते भएका छन् ।

घाइते भएकामा एकजना फ्रान्सेली सैनिकसमेत रहेका जनाइएको छ । यस आक्रमणको सुरक्षा परिषद्ले कडा शब्दमा निन्दा गरेको छ ।

यस आक्रमणमा ज्यान गुमाएका शान्तिसेनाका परिवार र बुर्किना फासो सरकारप्रतिसमेत गहिरो समवेदना व्यक्त गरिएको छ ।

मालीस्थित संयुक्त राष्ट्रसंघीय मिसनमा कार्यरत शान्तिसेनामाथि विद्रोहीबाट बारम्बार यस्तो आक्रमण हुने गरेको छ ।