देश

प्रादेशिक सूचना आयोग गठन गर्न सुझाव

काठमाडौँ । सभामुख कृष्णबहादुर महराले लोकतन्त्रका लागि सूचनाको हक जनतालाई शक्तिशाली बनाउने महत्वपूर्ण बनाउने औजार भएको बताएका छन् ।

राष्ट्रिय सूचना आयोगले सूचनाको हकको प्रभावकारी प्रचलनका लागि आज आयोजना गरेको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै सभामुख महराले सूचनाको हकको महत्वलाई ध्यान दिएर राज्यका सबै निकायले उच्च सम्मान गर्नुपर्नेमा जोड दिए ।

सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचनाको हकसम्बन्धी ऐनको कार्यान्वयनका लागि सम्बन्धित सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए । आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले संविधान र विभिन्न कानूनसँग सूचनाको हकसम्बन्धी ऐनमा बाझिएका विषय संशोधन हुनुपर्ने र प्रादेशिक सूचना आयोग गठन गर्नुपर्ने बताए ।
सम्मेलनले नेपालको संविधानमा सूचना माग्न र पाउने व्यवस्था भएकामा अब प्रवाह गर्ने हक पनि समावेश हुनुपर्नेलगायत तीनबुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ ।