पु.समाचार

ट्यांकर भित्र लुकाई राखेको १६० किलो गाँजा सहित २ जना पक्राउ

काठमाण्डौ । नयाँ बर्षको मौका छोपी बैसाख १ गते ईन्धन बोक्ने ट्यांकर भित्र लुकाई छिपाई गैरकानुनी धन्दा गर्न खोज्ने १६० किलो अवैधलागु औषध गाँजा सहित २ जना मानिस पक्राउ परेका छन् ।

प्रहरीको लागु औषधनियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा मकवानपुर जिल्ला थाहा नगरपालीका वडा– ११ ठेगाना भएका वर्ष २२ को सोम बहादुर थोकर र सोही जिल्ला कैलाश गाँउ पालिका वडा नं- २ ठेगाना भएका वर्ष ३६ को ईमान सिंह स्याङ्बोलाई ना.४ ख. ५३६८ नं.को ईन्धन बोक्ने ट्यांकर भित्र अगाडी क्याबिनमा ७ वटाप्लाष्टिकका बोराहरु भित्र प्लाष्टिकमा प्याक गरी डोरीले बाँधिएका १७ वटा पोकाहरुबाटजम्मा १६० किलो कम्प्रेश गरिएको अवैध लागु औषध गाँजा प्रहरीले पक्राउ गरेको छ । उक्त तेल ट्यांकर र २ जना मानिसहरुलाई जिल्ला काठमाण्डौ चन्द्रागिरी – २ झ्याप्ले खोला स्थित सडक किनारबाट पक्राउ गरिएको छ ।

उक्त बरामद अवैध लागु औषध गाँजा ट्यांकरमा लुकाउ-छिपाउ गरी त्रिभूवन राजपथको बाटो प्रयोग गरी सर्लाही मलंगवा हुँदै भारत तर्फ निकासी गर्न लागिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरी दाबी छ ।

पक्राउ परेका ईमान सिंह स्याङ्बो र सोम बहादुर थोकर विगत लामो समय देखि अवैधलागु औषध गाँजा कारोवारमा संलग्नरहेको समेत प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको र थप अनुसंधान भईरहेको जनाएको छ ।