राजनीति

अध्यक्ष ओली र दहालबीचको एक घण्टा लामो वार्ता, पार्टी नमिल्ने संकेतका साथ निश्कर्षविहीन

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच पार्टी एकता प्रक्रिया अघि बढाउने विषयमा आज भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओली छिमेकी भारतबाट फर्केलगत्तै गत चैत २७ मा बस्ने भनिएको तर हालसम्म नबसेको पार्टी एकता संयोजन समितिको बैठक चाँडै डाक्ने विषयमा उनीहरुबीच छलफल भएको हो ।

दुई पार्टीको कार्यदलले यही वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसमा दिन एकता गर्न दिएको सुझावलाई यसअघिको एकता संयोजन समितिको बैठकले सकारात्मक रुपमा लिएको थियो ।

आजको वार्ताले बैसाख ९ गते हुने भनिएको माओबादी केन्द्र र नेकपा एमालेबीचको एकीकरणमा माओबादीले ५० ५० प्रतिशत मागेपछि एमाले अध्यक्ष दहालसंग झस्किएको थियो भने माओबादी केन्द्रले आफूहरुलाई अस्तित्व नै समाप्त पार्नेगरी एमालेले आफ्नो पार्टीमा बिलय गराउने रणन्ीतिमा लागेको आशंकामा शसंकित देखिन्थ्यो । आजको भेटवार्ताबाट दुबै पार्टीका नेताहरुले शंकाहरुलाई निराकरण गर्ने अनुमान गरिएपनि बैठकले खासै सहमति जुटाउन नसकेको राजनीतिज्ञहरुले बिश्लेशषण गरिहेका छन् ।

एमालेले जनुयद्ध लगायतका मोओबादीसंग जोडिएका कुाराहरलाई समेट्ने संकेत दिएपनि माओबादी केन्द्रले ६० ४० भन्दा पनि ५० ५० मा मात्र पार्टी मिलन सक्ने भन्ने अड्चन थाप्न थालेपछि दुबै पार्टीका नेताहरुबीच पुन शंका उपशंकाहरु उब्जिएर बाम एकता नहुने होकि भन्ने जनमानशमा तर्कह आउन थालेका छन् ।