स्वास्थ्य

हङकङ र मकाउबाट क्यान्सर पीडितलाई सहयोग

पथरी, मोरङ । राजघाट हङकङ समाज हङकङले उर्लाबारी—९ खोपिँडाडा निवासी क्यान्सर रोगबाट पीडित पार्वता लिम्बूको उपचारका लागि रु दुई लाख ३४ हजार ९०२ आर्थिक सहयोग गरेको छ ।

आर्थिक अभावले पार्वताको उपचारमा समस्या भएको राससलगायत विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा समाचार आएपछि राजघाट समाज हङकङका अध्यक्ष टीका लिम्बूको अग्रसरमा सहयोग रकम संकलन गरिएको थियो । हङकङबाट पठाइएको उक्त रकम समाजसेवी तेजन खड्काले पार्वताकी छोरी रेनुकालाई हस्तान्तरण गरे ।

हङकङमा समाजका अध्यक्ष टीका लिम्बू, जीवन पोमु लगायतले आर्थिक संकलन गरेका थिए । आर्थिक अभावकै कारण उपचारमा समस्या भएको थियो, रकम पाएपछि छोरी रेनुकाले भने, “अहिले हजुरहरुको सहयोगले आमाको उपचार भइरहेको छ । सहयोगीदाता सबैमा धन्यवाद दिन चाहान्छौँ ।” हाल पार्वताको उपचार भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच पार्वताको उपचारका लागि उर्लाबारी—९ निवासी समाजसेवी सुन्दर श्रेष्ठले एक हप्ताअघि नगद १० हजार सहयोग गरेका थिए । करीब १० दिनअघि हङकङबाट याम सेम्बुले अगुवाइ गरेर आफन्त साथीभाइ, शुभेच्छुकबाट नगद दुई लाख र मकाउबाट गीता मगर शेर्पाले नगद ८० हजार र गोपाल थापाले ३१ हजार सहयोग गरिसकेका छन् । देशविदेशबाट पार्वताको उपचारका लागि सहयोग रकम जुटिरहेको छ ।