पु.समाचार

३३ किलो सुन र सनम हत्याकाण्डको आरोपमा दर्जनौको म्याद थप र सम्पति रोक्का (नामसहित)

काठमाण्डौ । गृहमन्त्रालयका सहसचिब इशवर पौडेलको नेतृत्वमा गठन गरिएको सरकारी छानबिन टोलीले ३३ किलो सुन काण्डमा १७ जनालाई पक्राउ गरेको छ भने ३८ जनाको सम्पति रोक्का गरेको छ ।

मोरङ, सुनसरी र झापा बस्ने उनीहरु कोही सुन ब्यापारी त कोही उक्त ब्यापारी छन् । चैत्र २६ गते अदालतमा प्रहरीले बैंक खाता रोक्कादेखी, जग्गाजमिन बेचबिखन बन्द गर्न अनुमति मागेपछि अदालतले उक्त आदेश समेत दिएको थियो । पक्राउ परेका १७ जनालाई १५ दिनको म्याद थपिएको छ भने २१ जना परार रहेका र उनीहरुको सुक्षम अनुसंधान तथा खोजी भईरहेको प्रहरीले बताएको छ ।

पक्राउ परेकाहरुमा चाचाजी भनिने माहाविर गोल्यान, भुजुङ गुरुङ, बालकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपाल कुमार श्रेष्ठ, दोरा खत्री, सम्बिर प्रसाद तोलाङे, हेमन्त गौतम, पुण्डप्रसाद लामा, वीरेन्द्रमान श्रेष्ठ, लालबहादुर मगर, राजु महर्जन, मोहन काफ्ले, नरेन्द्र कार्की, टेकराज मल्ल ठकुरी, लाक्पा सेर्पा, मदन प्रसाद घिमिरे छन् ।

केहीलाई १५ र केहीलाई १६ दिन थुनामा राखी अनुसंधान गर्न अदालतले म्याद थपेको छ । सुनकाण्डको अपराधमा संलग्न भएका भनिएका सनम लामाको हत्या आरोप लागेका चुडामणि उप्रेती (गोरे), रमेश उप्रेती, नर्बदा खरेल उप्रेती(निरु), मोहनकुमार अग्रवाल, प्रयाल पराजुली, रक्षा भण्डारी, कृष्ण बस्नेत, रोहित आचार्य, मोहम्मद उत्तम मिया, भबिन राई, कमल कार्की, सन्दिप खड्का, चेतन अधिकारी, सुनिल अग्रवाल, प्रमोद श्रेष्ठ, दुर्गा खरेल, भोजराज भण्डारी, डोलेन्द्र प्रसाद खरेल, दावा शेर्पा, भाीमकुमारी खरेल, सुरेन्द्र गौतम लगायत रहेका छन् ।