आर्थिक

एनआईसी एशिया बैंकको कार्ड प्रयोगमा नधाँ बर्षमा भरी छुट

काठमाण्डौ । एन आई सी एशिया बैंकले नयाँ वर्षको उपलक्ष्यमा बिशेष छुटको बयबस्था गरेको छ । २०७५ साल भरी विशेष छुटको सुविधा दिने उद्देश्यका साथ बैंकको आफ्नो डेबिट एवं क्रेडिट कार्ड मार्फत बैंकले निश्चित गरेको विभिन्न हस्पिटल, फार्मेसी, होटल एवं रेस्टुरेन्ट, बुटिक एवं क्लोथिङ्ग स्टोरहरुमा सेवा÷वस्तु खरिद वापतको रकम भुक्तानी गर्दा खरिद मूल्यको ५% देखी ५०% सम्म छुटको सुविधा उपलब्ध गराउने भएको छ ।
२०७५ साल वैशाख १ देखि २०७५ साल चैत्र ३० सम्म उपलब्ध हुने यस सुविधाबाट ग्राहकहरुलाई अत्याधिक लाभ पुग्ने बैंकले विश्वास लिएको छ । हाल यो सुविधा मुलुकको ३० वटा भन्दा बढी संस्था तथा ब्यापारिक केन्द्रहरुमा उपलब्ध हुनेछ भने निकट भबिष्यमा यो संख्यामा वृद्धि हुने बैंकले जनाएको छ ।