देश

प्रेस युनियन अध्यक्ष बराललाई पितृशोक

पोखरा । हास्यव्यंग्य समाज नेपालका महासचिव धर्मराज बराल र नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बराललाई पितृशोक परेको छ ।

बरालद्वयका पिता सूर्यनाथ उपाध्याय बरालको पोखरा लेखनाथ महानगरपालिका वडा नं १३, पाटनबेँसीस्थित निवासमा ९० वर्षको उमेरमा आज निधन भएको हो ।

उनी विगत केही समययता दमलगायतका स्वास्थ्य समस्याबाट पीडित थिए । साविक आर्वा विजय गाउँ पञ्चायतका पूर्वप्रधानपञ्चसमेत रहेका समाजसेवी स्व बरालले दूधपोखरी मार्ग निर्माणका साथै जिल्लाका विद्यालय, सहकारीजस्ता उल्लेख्य संघसंस्थाको स्थापनामा नेतृत्व गरेका थिए ।

श्रीमती, तीन छोरा र दुई छोरीका अभिभावक स्व बरालको भोलि देवघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।