आर्थिक

महिन्द्रा टु ह्वीलर अब परासीमा

काठमाडौं । नेपालको लागि महिन्द्रा टु ह्वीलहरुको आधिकारिक विक्रेता अग्निमोटो इन्कको आधिकारीक डिलर वारिस अटोमोबाइल्सले हालै 3S अर्थात् सेल्स, सर्भिस र स्पेयर पार्टस्हरुको सेवाप्रदानगर्ने उद्देश्य सहितप्रदेश नं ५ को परासी बजारमा आफ्नो शाखा शोरुमको समुद्घाटन गरेको छ । यो शोरुम वैशाख १ गतेबाट सन्चालनमा ल्याईएको छ ।

शोरुमको शुभारम्भ पछि यस क्षेत्र तथा आसपासका ग्राहकहरुले सर्वसुलभ एवं सहज तरिकाबाट महिन्द्रा टुह्वीलरको सम्पूर्ण 3S सम्बन्धी गुणस्तरीय सेवा प्राप्त गर्न सक्ने छन् ।

कम्पनी केवल सवारी विक्रीगर्न तर्फमात्र केन्द्रितनभई ग्राहमुखी सेवा, चुस्त सर्भिस तथा स्पेयर पार्टस्हरुको सर्वसुलभता तर्फ पनि विशेष ध्यान केन्द्र्रित रहेको छ ।

चाहिएको वेला सर्वसुलभ तरिकाबाट बाइकतथा स्कुटर खरिद, सर्भिसिङ्ग तथा समयमै ग्राहकरुलाई स्पेयरपार्टस्हरु उपलब्ध गराई ग्राहकलाई सन्तुष्टि दिनु यस सेन्टरकोप्रमुख उद्देश्य रहेको जानकारी वारिस अटोमोबाइल्सका सन्चालक ईरफान वारिसले गराएका छन् ।