राजनीति

पाथीभराको विकासलाई महत्व दिने- योगेश भट्टराई

ताप्लेजुङ । प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईले ताप्लेजुङसहित पूर्वी पहाडी क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको विकास गरिने बताएका छन्।

ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँद्वारा आयोजित ‘तीनजुरे–गुफा–पाथीभरा पदयात्रा महोत्सव’ अन्तर्गत रहेको टोलीसँग आज पाथीभरा मन्दिरमा पुगेका भट्टराईले सञ्चारकर्मीसँग पाथीभरालाई पूर्वकै प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने आफूले चुनावी समयमा नारा बनाएकाले पनि यसको विकासमा प्रतिबद्ध भएको दोहो¥याए ।

पाथीभरा दर्शनका लागि आउने तीर्थयात्रीलाई संखुवासभा, तेह्रथुम र पाँचथरको पर्यटकीय क्षेत्रको अवलोकनमा प्रेरित गर्नका लागि सर्किट टुर एण्ड ट्रेक्समा विशेष जोड दिने पनि उनको भनाइ छ ।

यसैबीच अबको गन्तव्य पाथीभरा भन्ने नाराका साथ गत चैत २७ गतेदेखि शुरु भएको ‘तीनजुरे–गुफा–पाथीभरा पदयात्रा महोत्सव’को टोली भने भोलि ताप्लेजुङबाट पाँचथर प्रस्थान गर्ने बताइएको छ ।

वैशाख ३ गते बिहान श्रीअन्तुबाट सूर्योदयको दृश्यावलोकन गरी उक्त टोली काठमाडौँ जाने छ । पदयात्रामा प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराई, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, तेह्रथुम, पाँचथरलगायतका पर्यटन व्यवसायी एवं सरोकारवाला र सञ्चारकर्मीको सहभागिता रहेको छ ।

ताप्लेजुङको पाथीभरालगायत संखुवासभा, तेह्रथुम र पाँचथरको पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा विशेष जोड दिने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।