पु.समाचार

भूकम्पमापन उपकरण जडान गर्ने कार्य शुरु

रसुवा । हिमाली क्षेत्रमा जाने भूकम्पमापनका लागि उत्तरी रसुवाको पार्वतीकुण्ड क्षेत्रमा उपकरण जडान गर्ने काम शुरु भएको छ । खानी तथा भूगर्व विभागका भूकम्पविद् मुकुन्द भट्टराईका अनुसार जमिनको सतहभित्र ब्रोडब्याण्ड सिस्टोमिटर, एक्सिलरो मिटर र जिपिएस तीन प्रकारका उपकरणको सहायताले पृथ्वी हल्लिनासाथ भूकम्पको रेक्टर आउने र भिस्याट उपकरणले काठमाडौँस्थित लैनचौरमा जडान भएको केन्द्रीय मापन केन्द्रको विवरण एकसाथ पु¥याउन आवश्यक सामग्री जडान कार्य शुरु गरिएको छ ।

खानी तथा भूगर्व विभागको कार्ययोजना अनुरुप नेपालका १० हिमाली स्थानमा यस्ता भूकम्प मापन गर्ने उपकरण जडान गरिने र यही आर्थिक वर्षको अन्त्यसम्ममा काम सम्पन्न गर्ने गरी रसुवाको पार्वती कुण्डको माथिल्लो भागमा काम शुरु गरिएको बताइएको छ ।

दोस्रो चरणअन्तर्गत सोलुखुम्बुको थाप्लु, संखुवासभाको खाँदबारी, लमजुङको घलेगाउँ, मुस्ताङको कागबेनी, उपल्लो मुस्ताङको लोमाङथाङ दार्चुलाको खलांगा आसपास क्षेत्रमा भूकम्प मापन गर्ने उपकरण जडान गर्ने कार्ययोजना बनिसकेको छ । बाँकी तीन स्थानको अध्यायन भइरहेको भूगर्भविद् भट्टराईले बताए ।

त्यस्तै रसुवाको नाथगली क्षेत्रमा आजभन्दा १२ वर्ष अगाडि पृथ्वीको सतह पत्ता लगाउन जडान भएको जिपिएसले तिब्बेतेन सतहमुनि इण्डिया प्लान्टले प्रतिवर्ष २१ मिनीमिटर उत्तर सरिरहेको देखाउने गरेको उनले बताए ।