आर्थिक

वर्षाले ३५ करोडको इँटा क्षति

विराटनगर । केही दिनदेखि दैनिक रुपमा भइरहेको वर्षाका कारण मोरङ र सुुनसरीमा सञ्चालित इँटा भट्टामा रु ३५ करोड मूल्य बराबरको काँचो इँटा क्षति भएको छ ।

वर्षाका कारण इँटा भट्टामा पोल्नका लागि ठिक पारिएको काँचो इँटामा क्षति पुगेको हो । कोशी इँटा व्यवसायी संघका अध्यक्ष महेन्द्र साहले पानीले काँचो इँटा काम नलाग्ने भएर क्षति पुुगेको बताए ।

आनन्द इँटा उद्योग मोरङका सञ्चालक दिलीप वगडियाले वर्षाका कारण आफ्ना छ वटा इँटा उद्योगमा रु १० करोडभन्दा बढी क्षति पुुगेको बताए । सुुनसरी र मोरङमा हाल ५३ वटा इँटा भट्टा सञ्चालनमा छन् ।