अन्तर्राष्ट्रिय

आइएसको आक्रमणमा चार सुरक्षा अधिकारी मारिए

टिक्रिट, इराक । इराकको मध्य भागमा पर्ने सलाहुदिन प्रान्तमा इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूहले गरेको दुई छुट्टाछुट्टै आक्रमणमा परी चार सुरक्षा अधिकारीको मृत्यु भएको छ ।

यस आक्रमणहरुमा परी चार सुरक्षा अधिकारीको मृत्यु हुनुका साथै अन्य आठ घाइते भएका प्रान्तीय सुरक्षा स्रोतले जानकारी दिएको छ ।

आइएस आतङ्ककारीहरुले इराकमा सुरक्षा बलमाथि बारम्बार आक्रमण गर्दै आएका छन् ।
सन् २०१७ को डिसेम्बर ९ मा इराककी प्रधानमन्त्री हैदर अलि अबादीले इराक आइएस आतङ्ककारी समूहबाट स्वतन्त्र भएको औपचारिक घोषणा गरेका थिए ।

तर पनि इराकी सुरक्षा अधिकारी र सर्वसाधारण नागरिक लक्षित आइएसका स–साना आतङ्ककारी आक्रमणहरु हुँदै आएका छन् ।