देश

घुस लिएको आरोपमा नापी अधिकृत पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय उदयपुरका नापी अधिकृत श्यामबाबुप्रसाद साहले रु ५० हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता दीर्घराज मैनालीका अनुसार गाइघाटस्थित जग्गाको नक्सा सुधार गर्ने कार्यमा नापी अधिकृत साहले घुस मागेको आरोप लगाएको छ । आरोपी शाहलाई नापी कार्यालय उदयपुरको सरकारी निवासबाट पक्राउ गरिएको हो ।