राजनीति

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्ष वेन्चाइ झाङको भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग एसियाली विकास बैंकका उपाध्यक्ष वेन्चाइ झाङले भेट गरेका छन् ।

दुईदिने नेपाल भ्रमणका आउनुभएका झाङले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज भेट गरेका हुन् ।

उपाध्यक्ष झाङले अहिले नेपाल संघीय संरचनामा प्रवेश गरेको र संघीय संरचना विकासको संक्रमणकालीन अवस्थामा रहेकाले यस अवस्थालाई सफलतापूर्वक अगाडि डोहो¥याउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उक्त अवसरमा झाङले सरकारका मुख्य प्राथमिकताका क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले अर्थमन्त्री डा युवराज खतिवडा र अर्थसचिव राजन खनालसँग भेटका क्रममा एडिबीले नेपालको विकासका लागि सहकार्य गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।