राजनीति

भारतले संविधान स्वीकार गरेकामा खुशी छु : गच्छदार

विराटनगर । नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले भारतले नेपालको संविधानलाई स्वीकार गर्नु खुशीको कुरा भएको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधान बनाउने अधिकार नेपाली जनता र राजनीतिक पार्टीको भएकाले प्रधानमन्त्री केपी ओलीको हालै भएको भारत भ्रमणमा यस विषयमा कुरा नउठ्नुले संविधान सर्वस्वीकार्य बनेको प्रष्ट पारे ।

नेता गच्छदारले आगामी वैशाख ७ गते बस्ने काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकबाट पार्टीमा खाली रहेका केन्द्रीय पदाधिकारी चुनिने बताए । उनले विगतमा लोकतान्त्रिक फोरमसँग भएको सहमतिअनुसार कार्यकर्तालाई काँग्रेसमा सम्मानजनक सहभागिता हुने बताए ।