साहित्य

महिला हिंसाविरुद्ध काव्य प्रवाह

काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजद्वारा आज आयोजित मासिक शान्ति काव्य प्रवाहको ६६ औँ शृङ्खला कैलालीलगायत देशका विभिन्न ठाउँमा महिलामाथि भएको अत्याचार र हिंसाविरुद्ध मुखरित हुँदै सम्पन्न भएको छ ।

काव्य प्रवाहमा चौबीस कविले न्याय र सुशासनका पक्षमा आवाज बुलन्द गर्दै कविता, मुक्तक, गीत र गजल वाचन गरेका थिए । कवि कृष्ण कँडेल, डा जीवन अधिकारी, रत्ननिधि शुक्राचार्य, जसध्वज गुरुङ, बाबुराम लामिछाने, त्रिभुवनचन्द्र वाग्ले, विजयध्वज थापा, प्रीति कौर, ओमप्रसाद कोइराला, मुकुन्द न्यौपाने, उर्मिला पाण्डे, कुसुम शर्मा, कल्पना काफ्ले, पुण्य विश्वास, चन्द्र प्रसार्इं, अशोक घिमिरेलगायतले आआफ्नो रचना प्रस्तुत गरेका थिए ।