स्वास्थ्य

स्वास्थ्य भवन निर्माण

भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरको अरुण गाउँपालिका याकुमा रु तीन करोडको लागतमा स्वास्थ्य चौकी भवन निर्माण भएको छ ।
भोजपुरको पूर्वी अरुण गाउँपालिका–५ याकुमा निर्माण भएको सो भवनको संघीय संसदका सदस्य सुदन किरातीले बुधबार उद्घाटन गरे ।

भवन नेपाल सरकारको आर्थिक सहयोग तथा शहरी विकास भवन निर्माण विभाग क्षेत्रीय कार्यालय धनकुटाको प्राविधिक सहयोगमा सम्पन्न भएको हो । दुई तले भवनमा १६ वडा कोठा रहेका छन् ।

चारवर्ष अघि निर्माण शुरु गरिएकोे भवनमा खोप, सुरक्षित मातृत्व, भिडियो एक्सरे सेवा सञ्चालन भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय भोजपुरका प्रमुख डा त्रिभुवनचन्द्र झाले जानकारी दिए।