सूचना प्रविधि

नयाँवर्षको अवसरमा सामसङको बिशेष अफर

काठमाडौँ । सामसङ इलेक्ट्रोनिक्स् नेपालले नयाँवर्ष २०७५ को उत्साहलाई दोब्बर गर्दै ‘नयाँवर्षको उमङ्ग, सामसङसँग’नामक अफर बजारमा ल्याएको छ । नयाँवर्षको उल्ला समय अवसरमा उत्कृष्ट योजनाहरुसँगै एक नौलो सुरुवातगर्न चाहने उपभोक्ताहरुलाई लक्षित गरी यस योजना नयाँवर्षको उपहारको रूपमा प्रस्तुत गरिएको छ । उपभोक्ताले सामसङको टिभी तथा घरायसी उपकरणको खरिदमा १५% सम्मको छुट पाउँनेछन् ।

पहिलो पटक सामसङले नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक, वल्र्डलिंकसँग साझेदारीगर्दै आफ्नो स्मार्ट टिभीको विक्रीमा Unlimited Internet + Net TV  सेवाप्रदानगर्ने भएको छ । ३२ इन्चदेखि ४३ इन्चसम्मको सामसङस्मार्ट टिभीको खरिदमा अब उपभोक्ताले १२% क्यासब्याक तथा ६ महिनाकोलागि १० MBPS को Unlimited Internet + Net TV सेवा पाउँनेछन् । त्यसैगरी, ४९इन्चदेखि ५५ इन्च Flat सम्मकोँ बितस्मार्ट टिभीको खरिदमाउपभोक्ताले १२% क्यासब्याक सहित ६ महिनाको लागि २५ MBPS को Unlimited Internet + Net TV  सेवा प्राप्त गर्नेछन् । साथै, ५५इन्च Curved र त्यसमाथिको श्रेणीका SUHD / QLED TV को  खरिदमा १२% क्यासब्याक सहित १ वर्षको ५० MBPS Unlimited Internet + Net TV  सेवा उपभोक्ताहरुलाई दिइनेछ । अन्य HD र FHDको खरिदमा भने उपभोक्ताले अधिकतम खुद्रा मूल्यमा १५% पक्का क्यास ब्याक पाउँनेछन् ।

माथि उल्लेखित सेवासँगै उपभोक्ताले सामसङको सबै Single Door Refrigerators तथा Double Door Refrigerators का केही मोडेलहरुमा ११%–१५%को छुट पनि प्राप्त गर्नेछन् ।

त्यसैगरी नयाँWashing Machine, FlexWashको खरिदमा Free Samsung Air Purifier र रु ५००० बराबरको २२ किलो डिटर्जेन्ट उपलब्ध छ । साथै अन्य Top load & Front load Washing machines को अधिकतम खुद्रा मूल्यमा १०% क्यास ब्याक पाइनेछ । आफ्ना उपभोक्ताहरुलाई कदर गर्दै उनीहरुको बढ्दो चाहना पूरा गर्ने सामसङको लश्य सहित नववर्षको शुभारम्भको अवसरमा यस योजना ल्याइएको हो । नेपालभरका सामसङ ब्राण्ड स्टोर तथा अधिकृत विक्रेतामा उपलब्ध योअफर १३ मे २०१८ सम्म लागू गरिएको छ ।