आर्थिक

सिटिजन्सद्वारा कमल विद्यालयलाई आर्थिक सहयोग

काठमाण्डौ । “योर पार्टनर फरप्रोग्रेस“ भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपालीजनताको घरदैलोमा बैंकिंग सेवापुर्याउँदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनलले श्री कमल निम्न माध्यमिक विद्यालयलाई रू २ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराएको छ ।

हरेक वर्ष बैंकले आफ्नो बार्षिकउत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणकालागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो बार्षिक कार्यतालिकाअनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको छ । बैंकले आफ्नो एघारौं बार्षिक उत्सवको उपलक्ष्यमा यस विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

एक कार्यक्रम बिच बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको समुपस्थितिमा रू दुई लाख पचास हजारको चेक विद्यालयका प्राचार्य एम बि खड्काललाई श्रीमती उमंग शर्माद्वारा हस्तान्तरण भएको छे । विद्यालयका प्राचार्य एम बि खड्काले उक्त रकम शिक्षकहरुलाई तलब सुबिधाप्रदानगर्न उपयोग गर्ने कुरा जानकारी गराउनु भयो ।कार्यक्रमलाई सँवोेधन गर्ने क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले मानिसमा उद्यमशिलताको विकाश हुनु नितान्त आवश्यक रहेको कुरालाई जोड दिए ।

एक प्रसङ्गमा बोल्दै प्रमुख कार्यकारी अधिकृत भण्डारीले सामुदायिक विद्यालयहरु आर्थिक रूपले आत्मनिर्भर भएमात्र गुणस्तरीय शिक्षा प्रदानगर्न सक्ने कुरामा जिकिर गर्नु भयो र गुणस्तरीय शिक्षाको अभावकै कारण हाम्रो मुलुकले द्वन्द्व खेप्नु परेको कुरा व्यक्त गरे । उक्त कार्यक्रममा उपस्थित बालबालिकाहरुले बैंकले गरेको यस्तो सहयोगले उनीहरुको अन्धकारमय जीवनमा सिटिजन्स बैंक प्रगति र उन्नतिको प्रकाश बनेर आएको कुरा व्यक्तगर्दै खुशियाली जाहेर गरेका थिए ।

अब आउने निकट भविष्यमाबैंकले संस्थागत सामाजिकउतरदायित्वकार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकआदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालनगर्ने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले जानकारी गराएका छन् ।