आर्थिक

एनआईसी एशिया क्यापिटल निःशुल्क “लगानी सचेतना अभियान”

कठमाण्डौ । लगानीका नयाँ अवसर र जोखिमका बारेमा नयाँ लगानीकर्तालाई अवगत गर्ने उद्देश्यका साथ एन आई सी एशिया क्यापिटलले “लगानी सचेतना अभियान“ संचालन गर्दै आएको छ ।

सो अभियानले विशेषतः महिला, बिद्यार्थी तथा नयाँ लगानीकर्तालाई लगानीका व्यवहारीक तथा आधारभूत पक्षहरुको बारेमा जानकारी गराउदै आएको छ ।

विभिन्न तहमा अध्ययनरत विद्यार्थि तथा महिलाहरुको सुनिश्चित आर्थिक भविष्यको लागि लगानीले पुर्याउन सक्ने योगदानलाई आत्मसात गर्दै एन आई सी एशिया क्यापिटलले निस्शुल्क रुपमा सो अभियान संचालन गर्दै आएको हो ।

यो अभियान अन्तर्गत हाल सम्म २० भन्दा बढि संस्थाहरुमा एन आई सी एशिया क्यापिटलले लगानी सचेतना सेवा प्रदान गरिसकेको छ । ईच्छुक समुह तथा संस्थाहरुले सो कार्यक्रम आफ्नो संस्थामा गराउनको लागि सम्पर्र्क गर्न सक्ने छन् ।

लगानीकर्तालाई सवल, सुचित तथा उपयुत्त निर्णय लिन एन आई सी एशिया क्यापिटलले विभिन्न माध्यमबाट क्षमता अभिवृद्धिको सेवाहरुका साथै निस्शुल्क डिम्याट सेवा प्रदान गर्दै आएको छ ।