आर्थिक

‘कोक खाम् रसिया जाम्’ योजनाको पाँचौ हप्ताका बिजेता घोषणा

काठमाडौं । कोकाकोला नेपालले “कोक खाम् रसिया जाम्” अभियान अन्तृगत पाँचौ हप्ताका बिजेता घोषणा गरेको छ । कोकाकोलाले संचालन गरेको यो अभियान उच्च स्थानमा पुगेको छ ।

हालसम्म करिब आधा बिजेताको घोषणा भइसकेको छ भने करिब ६ हजार भाग्मानी बिजेताले फिफालोगो अंकित बिभिन्न उपहारहरु जितिसकेका छन् । यस योजना अन्र्तगत ४० भाग्यमानी बिजेताले रसिया पुगेरे सम्पूर्ण खर्चसहित रसियामा हुने विश्वकप २०१८ प्रत्यक्ष हेर्ने मौका पाउनेछन् ।

त्यसको लागी हरेक हप्ता ४ जना भाग्यमानी बिजेताको नाम लक्की ड्र मार्फत छनोट हुँदै आईरहेको छ भने, २ जना भाग्यमानी ग्राहकले २४ इन्चको टेलिभिजन जित्न सक्नु हुनेछ । हरेक दिन २०० जनाले फिफा र कोकको लोगो अंकित बिशेष उपहार जस्तै स्पिकर, हेडफोन, पेन ड्राइभ जित्न सक्ने छन् ।

पाँचौ हप्ताका ४ भाग्यशाली रसियामा हुने विश्वकप हेर्न जाने बिजेताहरुमा कुलेश्वर काठमाडौंका सबिकनाथ श्रेष्ठ, भक्तपुरकी अनामिका खत्री, सितापाइला काठमाडौंका उदिप बराल र झापा दमकका नारायण घिमिरे छनोट भएका छन् । त्यसैगरी २४ इन्चको एलइडी टेलिभिजन बिजेतामा लोकन्थली भक्तपुरका डा रामकृष्ण दाहाल र चितवन मेघौलीका असिम मर्हजन रहेका छन् ।

यस हप्ताका भाग्यमानी बिजेता मध्येका एक बिजेता उदिप बरालले भने ‘यो मेरालागि निकै अप्रत्यासी लागिरहेको छ । केही महिना अगाडिमात्रै मैले पासर्पोट बनाएको थिए । अहिले रसिया गएर विश्वकप हेर्ने मौका जुर्यो । र, म पहिलो प्रयासमा नै निकै भाग्मानी बनेको छु । म कोकाकोलालाई मेरो सपना पुरागरिदिएकोमा बिषेश धन्यवाद दिन चाहन्छु ।

अर्का भाग्यमानी विजेता अनामिका खत्रीले भने ‘जब अहाँहरुले फोन गरेर तपाई रसियामा विश्वकप हेर्न छनोट भए भन्ने खबर दिनुभयो पहिला त मैले विश्वासनै गर्न सकिन । सुरुमा त कसैले म सँग मजाक गरे जस्तो लाग्यो, अनि मैले भने, “म रसिया जाँदै छु ?” असम्भब त्यसपछि मैले ३ । ४ पटक उहाँहरुलाई कसरी भनेर प्रश्न गरे । यो मेरो पहिलो विदेश भ्रमण हुने छ, जसलाई लिएर म निकै रोमान्चित छु, म यो आवोसरलाई अस्मरणिय बनाउन चाहन्छु ।

छटो गर्नुहोस् र यो मौकालाई हात बाट जना नदिनुहोस् । अझै २३ जना भाग्यशाली बिजेताले रसिया जाने अबसर पाउनु हुनेछ । साथै, अझै थुप्रै टेलिभिजन र कोक तथा फिफा लोगो अंकित विषेश उपहारहरु जित्न सक्नु हुने छ । यसमा सहभागी हुनका लागि उपभोक्ताले १० अंकको युनिककोड जुन लेबलको पछाडि राखिएको हुन्छ, त्यसलाई Coke <Space> युनिककोड लेखि ३७७२२ मा एसएमएस गर्नु पर्नेछ । यो अभियान बैशाख १ गते, २०७५ सम्म रहने कम्पनीले जनाएको छ ।