पु.समाचार

शिक्षामन्त्री पोख्रेल कत्ति धनी रैछन् त ?

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।

आज पत्रकार सम्मेलनमार्फत मन्त्री पोखरेलले एभरेष्ट बैंकमा रु तीन लाख ६७ हजार र नेपाल बंगलादेश बैंकमा रु १३ हजार ९९३ रहेको उल्लेख गरेका छन् । उनले एभरेष्ट बैंकमा जम्मा भएको रकम मन्त्री, संविधानसभा र व्यवस्थापिका–संसद्को सदस्य हुँदा र नेपाल बंगलादेश बैंकको रकम जनएकता साप्ताहिकको सम्पादक÷प्रकाशक हुँदा बखतको आम्दानीको स्रोत भएको देखाएका छन् ।

यस्तै उनले खोटाङस्थित रुपाकोट सामुदायिक रेडियोमा रु पाँच हजारको शेयर भएकोसमेत जानकारी दिएका छन् । यस्तै मन्त्री पोखरेलले बुबा चन्द्रमणिको नाममा रहेको खोटाङस्थित रावावेशी गाउँपालिका–२ मा कित्ता नं २२५ को करिब २३ रोपनी अंशवण्डा नभएको पैतृक सम्पत्ति देखाएका छन् । उक्त पैतृक सम्पत्ति आमा कनककुमारी स्मृति प्रतिष्ठानलाई समेत प्रदान गरिएको उल्लेख छ ।