देश

आँधीखोलामा डुबेर किशोरको मृत्यु

वालिङ । स्वाङ्गाको गल्याङ नगरपालिका–३ स्थित आँधीखोलामा डुबेर आज दिउँसो एक किशोरको मृत्यु भएको छ ।

स्थानीय चिराग बोर्डिङ स्कुलमा कक्षा ६ मा अध्यनरत सोही वडाका १४ वर्षीय सन्दिप रानाको साथीसँगै पौडी खेल्न आँधीखोला गएका बेला डुबेर मृत्यु भएको गल्याङ प्रहरी चौकीले जनाएको छ ।