पर्यटन/संस्कृति

पर्यटकीय पदामार्गमा होटल सञ्चालन

रसुवा । पर्यटकीय क्षेत्र लाङटाङ जाने पर्यटकको सुविधाका लागि यथेष्ट होटल लजको व्यवस्था भएको छ ।

लाङटाङ मार्गमा भूकम्पछि ७१ वटा होटल तथा लजको निर्माण भइसकेको छ । पर्यटकको ओहोर–दोहोर हुनाले त्यस क्षेत्रका व्यवसायीले दैनिक रु ५० हजारभन्दा बढी आम्दानी गर्न थालेका होटल व्यवसायी ढिण्डुप तमाङ बताउँछन् ।

भूकम्पपछि मानवविहीन हुन पुगेको लाङटाङ क्षेत्रका बासिन्दा विस्थापित भएको ६ महिनाभित्र आफ्नो थातथलो फर्र्किइ दाताको सहयोगमा होटल तथा लज निर्माण गरी यथास्थानमा फर्किएका छन् ।