समाचार

क्यान्सरपीडित खाँणलाई सहयोग

वालिङ, स्याङ्जा । यहाँकी एक क्यान्सर पीडित महिलालाई ठकुरी समाज हङकङले रु दुई लाख भन्दा बढी आर्थिक सहयोग प्रदान गरेको छ ।स्याङ्जाको वालिङ नगरपालिका–१० बिहारथोकका ५८ वर्षीया क्यान्सर पीडित देउकुमारी खाँणलाई रु दुई लाख ७२ हजार ५२ आर्थिक सहयोग प्रदान गरिएको हो ।

ठकुरी समाज हङकङद्वारा संकलन गरिएको उक्त रकम उनलाई वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँण र दर्शन बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष धनबहादुर मल्लले संयुक्त रुपमा हस्तान्तरण गरे ।

करीब दुई वर्षअघि देखि घाँटीको क्यान्सरबाट पीडित खाँण उपचारका क्रममा हुन्छन् । उपचारका लागि आर्थिक अभाव भएपछि धनबहादुर मल्लको पहलमा आर्थिक संकलन गर्ने अभियान शुरु गरिएको थियो ।