आर्थिक

सांग्रिला डेभलपमेन्ट बैंकले हकप्रद शेयरलिलाम विक्रीको बाँडफाँड

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले हकप्रद शेयरलिलाम विक्रीको बाँडफाँड गरेको छ । प्रभु क्यापिटल, कमलादी, काठमाडौको विक्री प्रबन्धकत्वमा यस सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक समुह तर्फको ३,९२,७७२.५० कित्ता तथा सर्वसाधारण समुह तर्फको ५,०९,२२५.०० कित्ता गरि जम्मा ९,०१,९९७.५० कित्ता हकप्रद शेयर लिलाम विक्रीको लागि शिलबन्दि बोलपत्र चैत्र १३ गते देखि चैत्र २० सम्म आह्वान गरिएकोमा प्राप्त भएका शिलबन्दि बोलपत्रहरुलाई चैत्र २३ मा प्रभु क्यापिटल, कमलादी, काठमाण्डौमा संस्थापक समुहतर्फको बिहान १०ः०० बजे र सर्वसाधारण समुह तर्फको ११ः०० बजे खोलिएको बैंकले जनाएको छ ।

यसरी खोलिएका शिलबन्दि बोलपत्रहरुमध्ये Cut off Rate (Par Rate) संस्थापक समुह तर्फ रु. १०५ तथा सर्वसाधारण समुह तर्फ रु. १४२ भन्दा बढीको दरमा प्राप्त भएको बोलपत्रलाई दरखास्त भए जति सबै कित्ता शेयर बाँडफाँड गर्नाको साथैबाँकी रहेको संस्थापक समुह तर्फ रु. १०५ प्रस्ताव गर्ने बोलपत्रदातालाई ५४.२२ प्रतिशतले तथा सर्वसाधारण समुह तर्फ रु. १४२ प्रस्ताव गर्ने बोलपत्रदातालाई १६.१० प्रतिशतले दामाशाही मा बाँडफाँड गरिएको छ ।

यसरी बाँडफाँडभएका संस्थापक समुह तर्फ ५७ जना आवेदकबाट प्राप्त ३,९२,७७२.५० कित्ता शेयर बापत रु. ४,२०,५५,४०१ तथा सर्वसाधारण समुह तर्फ ३५३ जना आवेदकबाट प्राप्त ५,०९,२२५.०० कित्ता शेयर बापत रु. ७,४७,९२,०२८.२० गरि जम्मा रु. ११,६८,४७,४२९.२० मध्ये बाट संस्थापक समुह तर्फ रु. २७,७८,१५१ तथा सर्वसाधारण समुह रु. २,३८,६९,५२८.२० गरि जम्मा रु. २,६६,४७,६७९.२० शेयर प्रिमियम खातामा जम्मा हुने समेत जानकारी गराउँदछौं । साथै, यस शेयर बाँडफाँड पश्चात सांग्रिला डेभलपमेन्ट बैंकको शेयर पूँजी रु. २ अर्ब ५० करोड पुग्ने व्यहोरा समेत जानकारी बैंकका कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेलले दिएका छन् ।