आर्थिक

एभरेष्ट बैंकको २०७५ सालको क्यालेन्डर सार्वजनिक

काडमाडौं । एभरेष्ट बैंकले २०७५ सालको आफ्नो क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको क्यालेन्डरमा नेपाली पर्यटन र कलासंस्कृतिको प्रर्बधनमा सहयोग पुर्याउने फोटाहरु प्रयोग भएका छन् । आज चैत २७ गते सार्वजनिक भएको उक्त क्यालेन्डरको थिम ‘स्थानिय जात्रा’ रहेको छ ।

बैंकको केन्द्रिय कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै बैंकका अध्यक्ष बी. के. श्रेष्ठले उक्त क्यालेन्डरको सार्वजनिकिकरण गरेका हुन् ।

हाल बैंकले आफ्नो अत्याधुनीक सेवा देशभर रहेका ८० शाखा कार्यालय, ७ एक्स्टेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर, ११३ एटिएम मेसिन र विश्वभर फैलिएर रहेका संजालमार्फत प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।