राजनीति

खरेललाई आउट गर्दै खर्वेन्द्र भए प्रहरी आईजीपी, शसस्त्रमा भने शैलेन्द्रले बाजी मारे

काठमाण्डौ । नेपाल प्रहरीको आईजीपीमा सवेन्द्र खनाल र शसस्त्र प्रहरीको महानिरिक्षकमा शैलेन्द्र्र नियुक्त भएका छन् । चैत ३० गतेबाट नेपाल प्रहरी र शसस्त्र प्रहरी दुबैको ३० बर्षे पदावधी सकिएर पद रिक्त भएपछि सरकारले आज बसेको मन्त्री परिषदको बैठकले दुबै फोर्सका खनालद्वयलाई दुबै प्रहरी शक्तीको प्रमुख पद आईजीपीमा नियुक्त गरेको हो ।

नेपाल प्रहरीमा राम्रो छबि बनाएका सवेन्द्र खनालसंगै अर्का नाम कमाएका रमेश खरेल र पुष्कर कार्की लाईनमा रहेका थिए भने शसस्त्र प्रहरीमा शैलेन्द्र खनालसंग पुष्पराम केसीको नाम चर्चामा थियो । सिआईबीमा कार्यरत रहेका पुष्कर कार्की पनि प्रहरीमा नाम कमाएका अधिकृतमा नै गनिन्छन् ।

जनताको प्रत्यक्ष शान्तिशुरक्षासंग जोडिएर आएको नेपाल प्रहरीको आईजीपी बन्न जति गाह्रो छ त्यो पदको गरिमा बचाउन त्यो भन्दा बढी गाह्रो छ । धेरै बिबादमा परिरहने शसस्त्र र जनपद प्रहरीको आईजीपी नियुक्ती भएर सुरक्षा निकायलाई कसरी नबनियुक्त आईजीपीहरुले हाँक्छन्, त्यो त हेर्न बाँकी नै छ तर रमेश खरेलसंगै सवेन्द्र खनालको जनमानसमा भने केही आशा भने देखिन्छ ।

सिनियरिटिका हिसाबले समेत सरकारले दुबै सुरक्षा निकायमा आईजीपी नियुक्त गरेपछि यसपटक अदालतमा मुद्धापर्ने सम्भाबना देखिदैन ।