आर्थिक

एनआईसी एशिया बैंकको शाखा गैंडाकोटमा उद्घाटन

काठमाण्डौ । बुधबाररमात्र चितवनमा साखा खोलेको एनआईसी एशिया बैंकले नयाँ शाखा गैंडाकोटमा आज उद्घाटन गरेको छ । गैडाकोट नगरपालिका, ४ कांग्रेसचोक, नवलपरासी स्थित गैंडाकोट शाखाको मंगलबार एक समारोहका बिच गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेल एवं यस बैंकका संचालक राजेन्द्र प्रसाद अर्यालबाट संयुक्त रुपमा विधिवत् उद्घाटन भएको छ ।

उक्त कार्यक्रमका प्रमुख अतिथी छत्रराज पौडेलले स्थानीय निकायमा बैंकिङ सेवा नपुगेको एवं त्यहाँ बसोबास गर्ने सबै व्यापारी, व्यवसायी तथा स्थानीय सर्वसाधारण, कर्मचारीहरु समेतलाई समस्या परिरहेको कुरालाई एन आई सी एशिया बंैक लि. ले अवलम्बन गरेको शाखा विस्तारको रणनीतिले सबैमा खुशी छाएको जनाकारी गराए ।

उक्त कार्यक्रममा संचालक राजेन्द्र प्रसाद अर्यालले बैंकले आमसर्वसाधारणको बृहत्तर हितप्रति समर्पित उत्कृष्ट बैंकिङ्ग सेवा एवं सुविधाहरु प्रदान गर्दै आइरहेको एवं राष्ट्रकै अग्रणी वाणिज्य बैंकको रुपमा रहेको यस बैंकले विभिन्न ग्राहकमुखी योजनाहरू पस्केर ग्राहक महानुभावहरुलाई लाभान्वित बनाईरहेको एवं भविष्यमा समेत यस्ता कार्यलाई निरन्तरता दिने कुराको समेत जानकारी गराए ।