साहित्य

वान्तवाको सम्मान हुनुपर्ने

चमयिता, चित्रे । (इलाम) प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफूहरु संघीयताको जगमा उभिएर विकास र समृद्धिको यात्रामा अघि बढेको बताएका छन् ।

शहीद रत्नकुमार वान्तवाको ३९ औँ स्मृति दिवसका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले सबै सम्भावनालाई परिचालन गरी शहीद र जनताको आकाङ्क्षाबमोजिम समृद्धिको यात्रा अगाडि बढ्ने बताए । कार्यक्रममा एमाले नेता प्रदीप नेपालले वान्तवाले पु¥याएको योगदानअनुसार उनको सच्चा सम्मान हुनुपर्ने बताए ।

सोही स्थानमा नवनिर्मित वान्तवा संग्रहालय र पुस्तकालयको उद्घाटनका साथै प्रगतिशील लेखक संघको तेस्रो राष्ट्रिय परिषद्को बैठक शुभारम्भ गरिएको छ । विसं २०३५ चैत २७ गते तत्कालीन पञ्चायत सरकारले वान्तवालाई गोली हानी हत्या गरेको थियो ।