पर्यटन/संस्कृति

गुम्बा निर्माणका लागी प्रवासी नेपालीद्वारा सहयोग

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१४ धर्मबस्तीमा गुम्बा निर्माणका लागि प्रवासी नेपालीद्वारा पहल थालिएको छ ।

कुवेतमा रहेका प्रवासी नेपालीद्वारा संकलित रकम रु दुई लाख ९९ हजार ७९१ गुम्बा निर्माण समितिलाई प्रदान गरिएको हो । कुवेतमा रहने अमृत गुरुङको विशेष पहल तथा सहयोगमा संकलित रकम गुम्बा निर्माणका लागि गठित (बौद्ध समाज नेपाल)समितिका अध्यक्ष अमृत श्रीसलाई प्रदान गरिएको थियो ।

सबैमा धार्मिक भावना जागृत गराई आत्मशान्तिका लागि गुम्बा निर्माणमा जुटेको अमृत गुरुङका बताए । गुम्बा केवल बौद्ध धर्मावलम्बीको मात्रै नभएर सबै जाति, धर्म र समुदायको रहने भएको हुँदा यसमा सबैको सहयोग रहेकाले पनि आफूलाई थप हौसला मिलेको गुरुङले उल्लेख गरे ।
दुई कट्ठा क्षेत्रफलमा रहने गुम्बाको निर्माणका लागि बुद्ध जयन्तीको अवसर पारी आउँदो वैशाख १७ गते मूर्ति स्थापित गरी शुभारम्भ गरिने समितिका सचिव सन्तु गाहाले जानकारी दिए । गुम्बाले यस क्षेत्रको समग्र परिचय र धार्मिक प्रवद्र्धनमा टेवा पु¥याउने समितिले विश्वास लिएको छ ।

स्वामीमाथि गोली प्रहार भएको भन्दै विरोध ¥याली

यसैगरी बैद्धिक सनातन हिन्दू धर्मका अभियान्ता युवा सन्त आचार्य श्रीनिवास स्वामी माथि गोली प्रहार भएको भन्दै पूर्वी नवलपरासीको कुम्भ मेला मूल समारोह समिति लोकाहाले सोमबार बृहत् विरोध ¥याली निकालेको छ ।

लोकाहामा जारी कुम्भ मेला परिसरबाट देवचुलीको प्रगतिनगरसम्म उक्त ¥याली निकालिएको थियो । आचार्यलाई विराटनगरको जतुवामा गोली प्रहार भएको थियो ।

सम्पूर्ण हिन्दूधर्मको संरक्षणसँगै उक्त घटनाबारे सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाहीको माग गर्दै सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गर्न ¥यालीको आयोजना गरिएको श्रीधाम शरण देवाचर्यजी महाराजले जानकारी दिए ।