राजनीति

अर्थतन्त्र धरायाशी पार्ने मूख्य जिम्मेवारी अर्थमन्त्री खतिवडा हुन् : डा. कोईराला

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोईरालाले बर्तमान अर्थमन्त्री युवराज खतिवडाकै कारण आर्थिक अनूशासन तोडिएको बताएका छन् ।
अर्थमन्त्री जस्तो गरिमामय पदमा बसेको ब्यक्तीले राज्यकोष धरासयी भयो भन्नु यसमा सबैभन्दा ठूलो हात उनकै रहेको जिकिर गरेका छन्। डा कोईरालाले खतिवडा नै राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र राष्ट्र बैंकको गभर्नर भएकै समयमा आर्थिक अनूशासन तोडिएको बताउँदै भने(“मुलुकको अर्थतन्त्रको जिम्मेवार पदमा बसेर पनी खतिवडाले सबै दोष काँग्रेसलाई दिएर आफू त्यसबाट उम्किन खोजिरहेका छन् । त्यसको जिम्मेवारी उनले लिन पर्छ कि पर्दैन? जिम्मेवारी लिनुकोसट्टा झुटको खेती गरिरहेका छन्।”

प्रजातान्त्रिक बिचार समाज चितवनको २०औं साधारण सभाको चितवनको टाँडीमा उद्घाटन गर्दै डा कोईरालाले यस्तो बताएका हुन्। कार्यक्रममा नेपाली काँग्रेस चितवनका सभापती जितनारायण श्रेष्ठ, प्रजातान्त्रिक बिचार समाजका केन्द्रीय अध्यक्ष डा केदारनरसिंह केसी, समाजका चितवनका अध्यक्ष डा कृष्ण पौडेल लगायतले आ(आफ्नो धारणा राखेका थिए ।