आर्थिक

एनआईसी एशिया बैंकको शाखा चितवनको गीतानगरमा

काठमाण्डौ । एन आई सी एशिया बैंकको नयाँ शाखा भरतपुरमा खुलेको छ । भरतपुर महानगरपालिका ६, चोक बजार, चितवन स्थित गीतानगर–चोकबजार शाखाको सोमबार एक समारोहका बिच भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाल र बैंकका संचालक राजेन्द्र प्रसाद अर्यालबाट संयुक्त रुपमा विधिवत् समुद्घाटन भएको छ ।

उक्त कार्यक्रमका प्रमुख अतिथी रेनु दाहालले एन आई सी एशिया बैंकले अवलम्बन गरेको शाखा सञ्जाल विस्तार रणनीति एक अग्रगामी कदम भएको भन्दै यस्ता रणनीतिले देशको आर्थिक विकासमा टेवा पुग्ने विश्वास लिएको जनाकारी गराईन् ।

उक्त कार्यक्रममा संचालक राजेन्द्र प्रसाद अर्यालले बैंकले देशका कुना कन्दरामा बसोबास गर्ने स्थानीय सर्वसाधारणहरूलाई वित्तीय सेवाको पहुँचमा ल्याउने र यस यात्रालाई निरन्तरता दिदै जाने कुराको जानकारी गराए ।