राजनीति

कर्णाली प्रदेशमा संसदीय समिति गठन

सुर्खेत । कर्णाली प्रदेशको संसद्ले चारवटा संसदीय समिति गठन गरेको छ ।  आज बसेको संसद्को पहिलो अधिवेशनको १०औँ बैठकले विधायन तथा प्रदेश मामिला, सार्वजनिक लेखा, अर्थ तथा प्राकृतिक स्रोत र सामाजिक विकास समिति गठन गरेको हो ।

विधायन तथा प्रदेश मामिला समितिमा सांसदहरु चन्द्रबहादुर शाही, जीवनबहादुर शाही, देवी वली, धर्मराज रोग्मी, पदमबहादुर रोकाय, विन्दमान विष्ट र मीनासिंह रखाल सदस्य रहेको कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले बताए ।

सभामुख शाहीका अनुसार सार्वजनिक लेखा समितिमा सांसदहरु करवीर शाही, गणेशप्रसाद सिंह, गुलावजंग शाह, गोपाल शर्मा, झोवा विक, दिनबन्धु श्रेष्ठ र बद्मी क्वारी बोहरा सदस्य छन् ।

त्यस्तै अर्थ तथा प्राकृतिक स्रोत समितिमा सांसदहरु अमृता शाही, अम्मरबहादुर थापा, कुर्मराज शाही, दानसिंह परियार, धीरबहादुर शाही, यामलाल कँडेल, सीताकुमारी नेपाली, सोशीला शाही र हिमबहादुर शाही सदस्य छन् भने सामाजिक विकास समितिमा कृष्ण शाह, कौशीलावती खत्री, ठम्मरबहादुर विष्ट, पद्मा खड्का, यज्ञबहादुर विसी, राजु नेपाली, रातो कामी र सुशीलकुमार थापा सदस्य छन् । चारवटै समितिमा रहने सदस्यहरुको नाम संसद् बैठकबाट सर्वसम्मत अनुमोदन भएको सभामुख शाहीले जानकारी दिए ।

समितिका सदस्यहरुको बैठकबाट अध्यक्ष चयन गरिनेछ । संसद्को आठौँ बैठकले समितिमा सभापतिको सट्टा अध्यक्ष राख्ने निर्णय पारित गरेको थियो ।