पु.समाचार

आगलागीबाट ट्र्याक्टर पूर्णरुपमा जलेर नष्ट

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिका–१ मा आगलागी हुँदा आज एउटा ट्र्याक्टर पूर्णरुपमा जलेर नष्ट भएको छ ।

स्थानीयवासी मिश्रीलाल यादवको स १ त ५७०८ नंको ट्र्याक्टरले थ्रेसरबाट गहुँ झाँट्ने गर्ने क्रममा आगो सल्कँदा ट्र्याक्टर पूर्णरुपमा जलेर क्षति भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

साथै नजिकै रहेको एकतले फुसको गाई गोठमा समेत आगलागी हुँदा करीब रु १० लाख मूल्यबराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगो स्थानीयवासी, प्रहरीले नियन्त्रणमा लिएका थिए ।