अन्तर्राष्ट्रिय

शान्तिवार्ता पुनः ब्युताउने पाकिस्तानको प्रस्ताव काबुलद्वारा स्वीकार

इश्लामावाद, पाकिस्तान । अफगानिस्तान सरकार र तालिवान विद्रोहीबीच भएको तर विविध कारणले स्थगित रहेको शान्तिवार्तालाई ब्युताउन गरेको प्रस्तावलाई स्वीकार गरेको पाकिस्तानी प्रधानमन्त्री शहिद खकान अब्वासीले बताएका छन् ।
अब्वासीले अफगानिस्तानमा दशकौँदेखि जारी युद्ध समस्याको समाधान नभएको भन्ने आफ्नो प्रस्तावलाई काबुलले गम्भीरताका साथ लिँदै यस बिषयमा सहमति जनाएको बताए।
उनको यो भनाई उनी भ्रमणबाट स्वदेश फर्केसँगै अफगानी राष्ट्रपति लगायतका उच्च पदस्थ अधिकारीसँगको भेटमा भएका बिषयबारे पत्रकारलाई जानकारी गराउने क्रममा आएका हुन् ।
भएको तथा समकक्षी तथा अन्य
अब्वासीले अफगानिस्तानका राष्ट्रपति असरफ घानीसँग अफगानिस्तानमा कट्टरपन्थी धार्मिक समूहलाई राजनीतिक दलका रूपमा मान्यता दिन आग्रह गरेका र यसलाई उनले सकारात्मक रूपमा लिएको बताए ।
तालिवान समूहले भने आधिकारिक रूपमा यसप्रति कुनै प्रतिक्रिया जनाइसकेको छैन यद्यपि काबुल सरकारसँग छलफल गर्नुपूर्व अमेरिकासँग वार्ता गर्ने दोहोराएका भनाइहरू अनौपचारिक रूपमा आएका बताइएको छ ।
सन् २०१५ मा सुरु भएको अफगान सरकार र तालिवानबीचको पहिलो प्रत्यक्ष शान्तिवार्ता पाकिस्तानको मध्यस्थतामा भएको थियो । तर तालिवान समूहका संस्थापक मुल्लाह मोहम्मद ओमारको मृत्युको खबरपछि वार्ता भाँडिएको थियो ।