अन्तर्राष्ट्रिय

सिरियाली सैनिक र इश्लामिक फौजबीच दमास्कसको डुमामा सम्झौता

दमास्कस, सिरिया । सिरियाको डुमा क्षेत्रमा आन्दोलनरत ‘द इस्लाम आर्मी’ विद्रोही र सिरियाली सेनाबीच डुमालाई विद्रोहीलाई सुरक्षित अन्यत्र जान दिने र विद्रोहीको अपहरणमा परेका सर्वसाधारणलाई मुक्त गर्ने बिषयमा आइतबार नयाँ सहमति गरिएको सिरियाली राज्य सञ्चालित टेलिभिजनले जनाएको छ ।

नयाँ सम्झौताले इस्लाम विद्रोहीद्वारा अपहरण गरिएका र नजरबन्दमा राखिँदै आएका नागरिकलाई दमास्कसबाट पूर्वमा रहेको गुटाको डुमा जिल्लाबाट मुक्त गरिने छ । डुमा इश्लाम विद्रोहीको नियन्त्रणमा रहेको अन्तिम क्षेत्र हो ।

सरकारसँग नयाँ वार्ता गर्ने बिषयमा विद्रोहीले प्रस्ताव गरेपछि नयाँ सम्झौता भएको र सरकारले विद्रोहीलाई डुमाबाट बाहिरिन दिने र विद्रोहीले अपहरणमा परेका नागरिक तथा सरकारी सेनालाई सकुशल रिहा गर्ने सहमति भएको छ ।