अन्तर्राष्ट्रिय

अमेरिकाको न्युयोर्कस्थित ट्रम्प टावरमा आगलागी

न्युयोर्क । अमेरिकाको न्युयोर्कस्थित रहेको ट्रम्प टावरको पचासौं तलामा शनिबार राति आगलागी भएको छ ।

आगलागीमा एकको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएको अधिकारीले जानकारी दिएका छन् ।

न्युयोर्कको प्रहरीका अनुसार आगलागीका कारण ६७ वर्षीय टोड ब्रास्नेरलाई अचेत अवस्थामा भेटिएको थियो ।

उनीलाई स्थानीय माउन्ट सिनाइ रुजबेल्ट अस्पतालले मृत्यु भएको जानकारी दिनुका साथै सो घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

उद्धारकार्यमा खटिएका प्रहरीले आगलागी ठुलो र अपार्टमेन्टको पचासौं तलामा भएकोले पनि आगलागी नियन्त्रण गर्न निकै गाह्रो भएकोले सँगै रहेका अन्य भवनसमेत त्यसको असरमा परेको जनाएका छन् ।