समाचार

आरोही तामाङलाई आर्थिक सहयोग

भक्तपुर । तामाङ समुदायबाट दोस्रो सगरमाथा आरोहण गर्न लागेकी शर्मिला स्याङ्तानलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

आज रफत सञ्चार क्लबमा पत्रकार सम्मेलनको आयोजना गर्दै थोकर फिल्मस् प्रालिले रु १५ लाख पाँच हजार १५३ सगरमाथा आरोहण गर्न लागेकी स्याङ्तानलाई हस्तान्तरण गरेको हो ।

थोकर फिल्मस् प्रालिले गत माघ १३ गतेदेखि संकलन गरेको सहयोग रकम कलाकर्मी प्रकाश सुवेदीले हस्तान्तरण गरेका हुन ।

थोकर फिल्मस् प्रालिका प्रोपाइटर बिकु थोकर तामाङ समुदायबाट एक चेलीले भगवान गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश दिन विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न लागेकीले रकम संकलन गरेर सहयोग गरिएको बताए ।